दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उनले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिए।
त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताए।
‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ। बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ। देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ। सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं। बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन्। सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ,’
उनले भने।

त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरू नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए।
यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे । समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ।
‘तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा संरचनाहरु चलाएका थिएनौं। यसवर्ष प्रयत्न भएको छ । यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न सकिन्थ्यो होला । निर्वाचन अगाडि नै समग्र करहरुको बोझ घटाउँछौं भनेर हामीले बाचापत्रमा भनेका थियौं। त्यो बाचालाई न्याय गर्ने हिसाबले यसमा हात हालेको हौं,’ उनले भने।
त्यस्तै उनले पुन बजेटले मात्र सबै समाधान नगर्ने धारणा दोहोरर्याउँदै बजेटले रोपेका बिऊहरु र त्यसले गरेको केही रणनीतिक लगानीको जगहरुमा निजी क्षेत्रले अर्थतन्त्रलाई वृद्धि गर्ने धारणा राखे।
साभार : काठमाडौं प्रेस
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..
9 घन्टा पहिले
कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक
काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। सोमबार बिहान सिà¤..
9 घन्टा पहिले
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
1 दिन पहिले
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..
1 दिन पहिले
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..
मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..
2 दिन पहिले