प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ : हर्क साम्पाङ
4 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २५ : श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताए।
‘देशकै प्रधानमन्त्रीले संसद्को रोस्टमा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो सचाइनुपर्छ भनेर माग गदै आएका छौँ। उहाँले सिमानाको बारेमा नेपालले कहाँ कहाँ सिमाना मिचेको रहेछौं भन्ने बारेमा पुष्टि गरिदिनुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइलाई सच्याउनु पर्दछ। त्यसको लागि माफी माग्नु पर्दछ,’ उनले भने।

राईले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके नेपाली जनतालाई सम्बोधन गरेर अभिव्यक्ति सच्याउन र माफी माग्नुपर्ने माग गरे। उनले उक्त विषय समाधान नभएसम्म अन्य विषयमा प्रवेश गर्नु उचित नहुने धारणा समेत राखे।
उनले सीमाको सुरक्षालाई राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सीमामाथि हुने अतिक्रमणविरुद्ध स्पष्ट नीति आवश्यक रहेको बताए ।
साभार : काठमाडौं प्रेस
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ..
काठमाडौं, जेठ २५ : श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभ..
4 घन्टा पहिले
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्..
काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान ग..
4 घन्टा पहिले
स्वच्छ खान पिनमा धियान दिनुपर्ने: सहायक प्रजिअ दहाल
जनकपुरधाम , जेठ २४ गते ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाले प्रभात फेरी कार्यक्रम गरेको छ। आज जन..
1 दिन पहिले
नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्..
काठमाडौं, जेठ २४ : परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्..
1 दिन पहिले
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
काठमाडौं, जेठ २४ : भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ ..
1 दिन पहिले