Janakpurdham
Tue, Nov 03, 2026
`

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २७ : परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन्। नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा ‘फिक्स बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरिएकोले सीमापार भू–उपयोगको अवस्था देखिएको छ,’ उनले भने।

मन्त्री खनालका अनुसार उक्त व्यवस्थाका कारण एक देशका नागरिकले अर्को देशको भू–भागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोवास गर्ने अवस्था कतिपय स्थानमा रहेको छ।

उनले नेपाल–भारतबीचको लामो खुला सीमालाई व्यवस्थित र वैज्ञानिक ढंगले व्यवस्थापन गर्न दुवै देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोली सक्रिय रहेको जानकारी दिए। 

‘नक्साङ्कन भएका क्षेत्रमा सीमास्तम्भ निर्माण तथा मर्मत, दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनको लगत संकलनका लागि दुई देशका प्राविधिक टोलीहरू क्रियाशील छन्,’ उनले भने।

मन्त्री खनालले लामो समयदेखि अवरुद्ध रहेको नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पुनः सञ्चालनमा आएको उल्लेख गर्दै हाल सीमाक्षेत्रमा संयुक्त रूपमा तथ्यांक तथा लगत संकलनको काम भइरहेको जानकारी दिए।

साभार ः काठमाडौं प्रेस

`
12 comments
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..

21 घन्टा पहिले

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।  सोमबार बिहान सिà¤..

21 घन्टा पहिले

गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..

2 दिन पहिले

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..

2 दिन पहिले

कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

3 दिन पहिले