Janakpurdham
Tue, Nov 03, 2026
`

राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २७ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए। 

‘राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्ने रहेछ । षड्यन्त्र गर्न पनि जान्नुपर्ने रहेछ । हामी षड्यन्त्र गर्ने परेनौं । षड्यन्त्रमा फस्यौं। अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं,’ उनले भने।

त्यस्तै उनले उनेपाले चुनाव हारेपनि पार्टीप्रतिको विश्वास बढेकाले देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर पनि चलेको धारणा राखे । आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने उनले दाबी गरे। 

‘आज चुनाव हारेको पार्टी हामी । संसदमा एकजनापनि छैनौं । तर देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । त्यो त्यत्तिकै चलेको छैन । उज्यालो पार्टीको भविष्य र यसको नेतृत्व देखेर आउनुभएको होला । उहाँहरुको जुन विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने छौं,’ उनले भने।

अध्यक्ष घिसिङले एक्लै भएपनि पार्टीलाई चलाउने र कुनै पार्टीसँग गएर नमिसिने प्रतिबद्धता जनाए। पहिले लालकिल्ला भनेर चिनिने रामेछाप जिल्ला अहिलेको उज्यालोको किल्ला भएको उनको भनाई छ। 

साभार ः काठमाडौं प्रेस

`
12 comments
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..

8 घन्टा पहिले

कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।  सोमबार बिहान सिà¤..

8 घन्टा पहिले

गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..

1 दिन पहिले

सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..

1 दिन पहिले

कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

2 दिन पहिले