Janakpurdham
Fri, Jun 12, 2026
`

शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २८ : अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा आयकर छुट १० प्रतिशत गरिएको बताए।  

‘प्राइभेट स्कुलमा लगाइएको तीन प्रतिशतमा यता १० लाखसम्म आय छुट दिइएको छ। तपाईं आफ्नो बालबालिकाको लागि १० हजार, १५ हजार मासिक खर्च गर्नुहुन्छ, तर ट्याक्सनेटमा हुनुहुन्न। ट्याक्सरेटमा इनरोल हुनुस्, १० लाखसम्म आयकर नै लाग्दैन, बि रेकग्नाइज । यहाँको छुटले तपाईंको अन्य खर्चहरू जोहो हुन्छ,’ उनले भने।

उनले आयकर छुट भर्पाइ गर्न निजी शिक्षामा कर लगाइएको बताए। उनले काठमाडौंबाहिर तीनरचार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम भएको बताए। 

‘काठमाडौंबाहिर तीन/चार हजार पर्ने ठाउँमा तीन प्रतिशत भनेको एकदमै कम रकम हो। त्यसलाई इन्कम ट्याक्स रेटमा आएर वार्षिक १० लाखसम्म आम्दानी छ भन्दाखेरि जम्मा १ प्रतिशत तिर्नुपर्ने हुन्छ, यता हजारौँ क्षतिपूर्ति भइसकेको छ। त्यसमाथि २५ हजार रुपैयाँ वा २५ प्रतिशत निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ,’ उनले भने।

साभार ः काठमाडौं प्रेस

`
12 comments
‘देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्दैछ’

काठमाडौं, जेठ २८ : श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्क साम्पाङले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज ..

2 घन्टा पहिले

बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपाली..

काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बाल..

2 घन्टा पहिले

दुर्गम र सीमावर्ती जिल्लालाई विभेद गरेको सांसद ठगुन्ना..

काठमाडौं, जेठ २८ : नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दुर्गम ..

2 घन्टा पहिले

फिफा विश्वकप २०२६ स् हर्क र कमल थापाको रोजाइ रोनाल्डो, मह..

काठमाडौं, जेठ २८ : फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप..

2 घन्टा पहिले

शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

काठमाडौं, जेठ २८ : अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन्। बिहीबार प्रत..

2 घन्टा पहिले