बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपालीका लागि दुर्भाग्य हो : झक्कु सुवेदी
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै आमनागरिकसमक्ष माफी माग्नुपर्ने बताए। उनले देशको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए।

सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो? भन्दै अध्यक्षमार्फत प्रश्न गरे ।
‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन,’ उनले भने।
मुलुकको निर्माण पुर्खाको बलिदान र संघर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।
साभार ः काठमाडौं प्रेस

‘देशको भूगोल भन्दा ठूलो विकासे कामकाज हुन नसक्दैछ’
काठमाडौं, जेठ २८ : श्रम संस्कृति पार्टीका संसदीय दलको नेता हर्क साम्पाङले देशको भूगोल भन्दा ठूलो विकासे कामकाज ..
2 घन्टा पहिले
बालेन्द्र शाहजस्तो व्यक्ति देशको प्रधानमन्त्री नेपाली..
काठमाडौं, जेठ २८ : नेपाली कम्युनिस्टपार्टी (नेकपा)का राष्ट्रियसभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बाल..
2 घन्टा पहिले
दुर्गम र सीमावर्ती जिल्लालाई विभेद गरेको सांसद ठगुन्ना..
काठमाडौं, जेठ २८ : नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दुर्गम ..
2 घन्टा पहिले
फिफा विश्वकप २०२६ स् हर्क र कमल थापाको रोजाइ रोनाल्डो, मह..
काठमाडौं, जेठ २८ : फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप..
2 घन्टा पहिले
शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री
काठमाडौं, जेठ २८ : अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन्। बिहीबार प्रत..
2 घन्टा पहिले