Janakpurdham
Mon, Aug 25, 2025
`

महोत्तरी ३ (क), (ख) मा लोसपाका अभिराम र तिवारी विजयी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जलेश्वर । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ । निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा विजय हुनु भएका लोसपा नेता शर्मा र तिवारी यस अघि २०७४ मा पनि सोही क्षेत्रबाट विजयी हुनु भएको थियो । महोत्तरीमा लोसपा नेपालको विजयी पहिलो हो । लोसपा नेता शर्मा आफ्ना निकटतम प्रतिद्वन्द्व जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई मात्र १७४ फरक मतले विजय हुुन भएको छ । शर्माले ९ हजार ८९२ मत ल्याउनु भएको छ भने झाले ९ हजार ७१८ मत ल्याउनु भयो । यसै गरी निर्वाचन क्षेत्र नं. ३ (ख) मा लोसपा नेता तिवारीले ६ (छ) हजार ४१४ मत ल्याएर विजयी हुनु भएको छ । तिवारीका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत ल्याउनु भएको थियो भने एमाले उम्मेदवार राम दयाल मण्डल ४ हजार ५६० मत ल्याउनु भएको थियो । तिवारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी सँग ९२५ मतको मतान्तरले विजयी हुनु भएको छ । साभार : गोरखापत्र

`
12 comments
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

8 घन्टा पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

9 घन्टा पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

2 दिन पहिले