मधेश राजनीतिक तथा जनसङ्ख्याका दृष्टिकोणले महत्वपूर्ण छ : संयोजक दहाल
2 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, श्रावण ६ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली स्वाधीनताको रक्षा तथा देशको हितका लागि मधेशमा कम्युनिष्ट पार्टी बलियो हुनुपर्ने धारणासहित पार्टी अगाडी बढेको बताउनुभएको छ ।
पार्टीको मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नेपालको राष्ट्रियताको रक्षा गर्नका लागि कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुको कुनै विकल्प नभएकोले कम्युनिष्टहरुबीच एकता प्रक्रिया अझै अघि बढिरहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले मधेश प्रदेश राजनीतिक तथा जनसङ्ख्याको दृष्टिकोणले महत्वपूर्ण भएकाले मधेशलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले शान्ति सम्झौतापछि १२ बुँदे समझदारी गरेका पक्षहरू एकताबद्ध भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
पार्टीका मधेश प्रदेश इन्चार्ज महेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–संयोजक माधव कुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका प्रसाद यादव सहभागी हुनुहुन्छ । प्रशिक्षणमा केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरु सहभागी रहनुभएको छ ।
साभार ः रेडियो नेपाल
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
16 घन्टा पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
16 घन्टा पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
2 दिन पहिले
विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी
काठमाडौं, भदाै ३१ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र ब..
2 दिन पहिले
‘अवैधानिक रूपले अधिवेशन गरेर पार्टीलाई कमजोर बनाइए मुक ..
काठमाडौं, भदौ ३० : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भए..
3 दिन पहिले