वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
2 महीना पहिले प्रकाशित
Esandhyakalin
पर्सा, साउन १५ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार साउन १५ गते साँझ ५ः०० बजेदेखि साउन १६ गते बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
प्रशासनले तोकेको चार किल्लामा पूर्वमा प्रतिमा चौक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक तथा दक्षिणमा शंकराचार्य गेट रहेका छन्।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको यस आदेश अनुसार तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन।
प्रशासनले यस आदेशको उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
साभार : काठमाडौं प्रेस
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
16 घन्टा पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
16 घन्टा पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
2 दिन पहिले
विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी
काठमाडौं, भदाै ३१ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र ब..
2 दिन पहिले
‘अवैधानिक रूपले अधिवेशन गरेर पार्टीलाई कमजोर बनाइए मुक ..
काठमाडौं, भदौ ३० : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भए..
3 दिन पहिले