१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान सुरु माण्डवीले गरे दिपप्रज्वलन
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बटुकनाथ झा, मंसिर ९ गते जनकपुरधाम ।लैँगिक हिँसा विरुद्धको ३१ औँ १६ दिने अभियान शुक्रबार देखि सुरु भएको छ । प्रत्येक वर्ष २५ नोभेम्बर देखि सुरु हुने उक्त अभियान अन्तरगत महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी उक्त अभियान संचालन गरेका छन् । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने माण्डवीले शुक्रबार अभियान अन्तरगत जनकपुरधामको जनकचोकमा दिपप्रज्जवलन गरेका छन् । सभ्य समाजको पहिचान लैँगिक हिँसा विरुद्धको अभियान मुलनाराका साथ भएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता अभियानले समाजमा व्याप्त रहेको महिला विरुद्धको हिँसालाई उजागर गरी महिलाहरुको अधिकार सुरक्षित गर्न मदत पुग्ने बताएका थिए । यस्ता अभियान संचालन गरेपछि मिडिया मार्फत सबै पिडित महिलाहरु समक्ष पुग्ने भएकोले यो अभियान महत्वपुर्ण रहेको महिला अधिकारकर्मी पुजा ठाकुरले बताउनु भयो । सो दीपप्रज्वलन कार्यक्रममा माण्डवीका धनुषा महोत्तरी कार्यक्रम संयोजक प्रियंका ठाकुर, कार्यक्रम अधिकृत रिंकु चौधरी,माण्डवीका कर्मचारी, माण्डवीले तालिम दिएका जनकपुरधामका विभिन्न वडाका महिला जनप्रतिनिधी लगायतको सहभागिता रहेको छ । शुक्रबार नै अभियान अन्तरगतर मधेश प्रदेशका महिलावालवालिका युवा तथा खेलकुद मंत्रालयको अगुवाईमा जनकपुरधाममा प्रभातफेरी भएको थियो । महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागीतामा भएको सो प्रभातफेरीको महिला अधिकारकर्मी, प्रहरी लगायतका सयौँको सहभागिता रहेको थियो ।
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
14 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
14 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले