
१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान सुरु माण्डवीले गरे दिपप्रज्वलन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

बटुकनाथ झा, मंसिर ९ गते जनकपुरधाम ।लैँगिक हिँसा विरुद्धको ३१ औँ १६ दिने अभियान शुक्रबार देखि सुरु भएको छ । प्रत्येक वर्ष २५ नोभेम्बर देखि सुरु हुने उक्त अभियान अन्तरगत महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी उक्त अभियान संचालन गरेका छन् । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने माण्डवीले शुक्रबार अभियान अन्तरगत जनकपुरधामको जनकचोकमा दिपप्रज्जवलन गरेका छन् । सभ्य समाजको पहिचान लैँगिक हिँसा विरुद्धको अभियान मुलनाराका साथ भएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता अभियानले समाजमा व्याप्त रहेको महिला विरुद्धको हिँसालाई उजागर गरी महिलाहरुको अधिकार सुरक्षित गर्न मदत पुग्ने बताएका थिए । यस्ता अभियान संचालन गरेपछि मिडिया मार्फत सबै पिडित महिलाहरु समक्ष पुग्ने भएकोले यो अभियान महत्वपुर्ण रहेको महिला अधिकारकर्मी पुजा ठाकुरले बताउनु भयो । सो दीपप्रज्वलन कार्यक्रममा माण्डवीका धनुषा महोत्तरी कार्यक्रम संयोजक प्रियंका ठाकुर, कार्यक्रम अधिकृत रिंकु चौधरी,माण्डवीका कर्मचारी, माण्डवीले तालिम दिएका जनकपुरधामका विभिन्न वडाका महिला जनप्रतिनिधी लगायतको सहभागिता रहेको छ । शुक्रबार नै अभियान अन्तरगतर मधेश प्रदेशका महिलावालवालिका युवा तथा खेलकुद मंत्रालयको अगुवाईमा जनकपुरधाममा प्रभातफेरी भएको थियो । महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागीतामा भएको सो प्रभातफेरीको महिला अधिकारकर्मी, प्रहरी लगायतका सयौँको सहभागिता रहेको थियो ।

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
7 मिनट पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
47 मिनट पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले