अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।
उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । उनले भने, ‘अख्तियारको पदाधिकारी संसदीय समितिमा आउन मिल्छ, तर कुनै प्रधानमन्त्री, मन्त्रीले बोलाउनेबित्तिकै तपाईंहरू नजानुहोस् । अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन । त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
उनले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै उनले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्वकर्मचारीहरूको क्लब बन्न नदिऔँ । जति संवैधानिक निकाय छन, ती सबै पूर्वकर्मचारीहरूको क्लब वा आयोग बनेका छन् ।’
सांसद सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए । उनले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।
साभार ः काठमाडौं प्रेस
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..
काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..
2 घन्टा पहिले
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..
काठमाडौं, भदाै ४: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..
2 घन्टा पहिले
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..
1 दिन पहिले
प्रेस काउन्सिलका चार सदस्यको शपथ
काठमाडौँ , भाद्र ३ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गर्नुभएको छ । सञ्चारग्र..
1 दिन पहिले
जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने-सत्य मरेको छैन, कलम ह..
काठमाडौं, भदौं २ : सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्..
2 दिन पहिले