Janakpurdham
Tue, Aug 25, 2026
`

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन्। 

मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे।

तर उद्योग खुलेपछि तिनको अवस्था र समस्या समाधानमा सरकारले ध्यान नदिएको उनको गुनासो थियो। 

‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, सहुलियत दिन्छौँ’ भन्नुभएको थियो । तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ रु सरकारले कहिल्यै चासो दिएको छैन,’ उनले भने।

श्रेष्ठले सरकारले चर्चित उद्योगको अवस्थाबारे समेत ध्यान नदिएको आरोप लगाए । लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने प्रयास भइरहे पनि नयाँ तथा सञ्चालनमा रहेका उद्योगले भोगिरहेका समस्याबारे सरकारले पर्याप्त चासो नदिएको उनले बताए। 

‘२०–३० वर्षदेखि बन्द रहेका उद्योगहरू खोल्ने, अरू उद्योगको समस्या के छ भन्ने ध्यान नदिने अवस्था छ । बुढापाकाले भन्थे नि, भुइँको टिप्न खोज्दा पोल्टाको खस्ला भन्ने कुरामा सरकारलाई सचेत गराउन चाहन्छु,’ उनले भने। 

उनले अटोमोबाइल क्षेत्रका उद्योगीले भोगिरहेका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे । निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म तथा व्यावसायिक वातावरण नबनेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो।

श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै बजार शिथिल हुँदा समग्र माग बढ्न नसकेको बताए । उद्योग तथा व्यवसाय सञ्चालन गर्नसमेत कठिन भइरहेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो। 

‘अहिले मुलुकको अर्थतन्त्र चुनौतीको घडीमा छ । हामी सबैले एउटा चुनौती भोगिरहेका छौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन । उद्योग व्यवसाय सञ्चालनमा पनि कठिन भइरहेको छ। व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर मनस्थितिको अवस्थामा छ । मेरो आफ्नै ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो अवस्था पहिले देखेको छैन,’ उनले भने।

साभार ः काठमाडौं प्रेस

`
12 comments
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

1 घन्टा पहिले

सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..

1 घन्टा पहिले

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..

काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..

1 दिन पहिले

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खा..

काठमाडौं, भदाै ८ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबार..

1 दिन पहिले

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..

काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..

2 दिन पहिले