पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग हुँदा अस्पतालले प्रसूति महिलाको उपचार गर्न आनाकानी गरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल पुगेको र आर्थिक अभावका कारण अस्पताल परिसरबाहिरै शिशु जन्माउन बाध्य भएको बताए।
‘राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल जान्छिन्। अस्पतालले ३२ सयको बिल काट्न भन्छ तर उनीसँग २५ सय मात्र भएको जानकारी गराउँछन्। सात सय अपुग भएपछि उपचार गर्न आनाकानी गरेको थियो,’ उनले भने।
सांसद कर्णले गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि त्यही अस्पतालमा आर्थिक अभावका कारण महिलाले सडकमा शिशु जन्माउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताए।
उनले स्वास्थ्य क्षेत्रमा सरकारले ठूला–ठूला कुरा गरिरहे पनि आर्थिक अभावका कारण महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताए।
‘एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ, हामी चाहिँ स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ,’ उनले भने।
सांसद कर्णले उक्त घटनाले सप्तरीका गरिब, पीडित तथा दलित महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थासमेत उजागर गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग जवाफ मागे।
साभार ः काठमाडौं प्रेस
पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्..
काठमाडौं, भदाै २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग ह..
2 घन्टा पहिले
उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारि..
काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बाले..
2 घन्टा पहिले
माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह
काठमाडौं, भदाै २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सह..
1 दिन पहिले
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणाल..
काठमाडौं, भदाै २४ : अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्..
1 दिन पहिले
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..
काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..
2 दिन पहिले