Janakpurdham
Sat, Sep 12, 2026
`

सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्।

अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे। 

भाषणमा विदेशबाट नेपाली फर्काउने कुरा गरेको सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने डा.राउतको भनाई थियो। स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिन खोजेको डा.राउतले बताए। 

सीमानाकाबाट एक दर्जन केरा ल्याउँदा पनि रोक्ने सरकारको नीतिको डा. राउतले घोर निन्दा गरे। कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउ गर्न लगाउने जस्ता कार्यले सरकार पूर्ण असफल भइसकेको प्रमाणित भएको डा. राउतले बताए।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकारे। उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए। 

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए। यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए। 

प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे। उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट २ हजार बढी नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

 

साभार: काठमाडौं प्रेस 

`
12 comments
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत

जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। अग्रगामी ..

1 घन्टा पहिले

दुई तिहाइको सरकार स्वायत्त निकायहरू समाप्त गर्नतर्फ ला..

काठमाडौं, भदाै २७ : नेपाल बार एशोसिएशनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले मुलुकको फौजदारी न्याय प्रशासनप्रति गम्भ..

1 घन्टा पहिले

कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

काठमाडौं, भदाै २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक..

1 दिन पहिले

डब्लुएचओबाट साइमा वाजेदको राजीनामा

काठमाडौं, भाद्र २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (..

1 दिन पहिले

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट ..

काठमाडौं, भाद्र २६ गते ।   विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभ..

1 दिन पहिले