कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै २९ : नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन पक्षधरले अदालतको निर्णय नपर्खी र वार्ता–संवादलाई बेवास्ता गर्दै एकलौटी रूपमा अघि बढ्नु कुनै पनि हालतमा उचित नभएको स्पष्ट पारे।
‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न,’ डा. कोइरालाले भने।
उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गरे।
‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन,’ उनले भने।
डा. कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए। नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाई छ।
उनले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई वेवास्ता गरेका बताए।
डा. कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
उनले द्यिमान अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै आश्विन ३ गतेवाट विधि प्रकृया मिचेर शुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गरेका छन्।
‘१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछु,’ उनले भने।
उनले नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित भएको भन्दै विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताए।
डा. कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै भने, ‘पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो।’
साभार ः काठमाडौं प्रेस
मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो चौरचन पर्व
जनकपुरधाम, भाद्र ३० गते । मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा मंगलबार चौरचन पर्व श्रद्धाभक्तिपूर्..
1 घन्टा पहिले
कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको ..
काठमाडौं, भदाै २९ : नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका न..
1 घन्टा पहिले
अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ स् केपी ओली
काठमाडौं, भदाै २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पण..
2 दिन पहिले
आजदेखि तीज पर्व शुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तया..
काठमाडौँ, भदौं २८ : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाए..
2 दिन पहिले
सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत
जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। अग्रगामी ..
3 दिन पहिले