Janakpurdham
Tue, Sep 15, 2026
`

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो चौरचन पर्व

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, भाद्र ३० गते ।  मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा मंगलबार चौरचन पर्व श्रद्धाभक्तिपूर्वक मनाइएको छ। भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा व्रती महिलाहरू दिनभर निराहार बसेर साँझ चन्द्रमाको पूजा गरी अर्घ्य अर्पण गरेका थिए। घरआँगन तथा पूजास्थललाई गोबरले लिपपोत गरी अरिपन बनाएर चन्द्रदेवको विधिपूर्वक पूजा गरिएको थियो।

पर्वका अवसरमा नयाँ माटाका भाँडामा जमाइएको दही, खजुर, पुडिया, खीर, पुरी, फलफूल तथा विभिन्न मिष्ठान्न सामग्री चन्द्रमालाई अर्पण गरिएको थियो। परिवारका सदस्यहरूले प्रसादसहित चन्द्रमाको दर्शन गरेका थिए भने पूजा सम्पन्न भएपछि प्रसाद आफन्त तथा इष्टमित्रलाई बाँडेर खाने र कोसेलीका रूपमा दिने परम्परालाई निरन्तरता दिइएको थियो। गणेश र चन्द्रमासँग सम्बन्धित धार्मिक मान्यतासँग जोडिएको चौरचन पर्वमा चन्द्रमाको पूजा गरे मिथ्या आरोपबाट मुक्ति मिल्ने जनविश्वाससमेत रहँदै आएको छ।

 

`
12 comments
मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो चौरचन पर्व

जनकपुरधाम, भाद्र ३० गते ।  मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा मंगलबार चौरचन पर्व श्रद्धाभक्तिपूर्..

2 घन्टा पहिले

कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको ..

काठमाडौं, भदाै २९ : नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका न..

3 घन्टा पहिले

अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ स् केपी ओली

काठमाडौं, भदाै २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पण..

2 दिन पहिले

आजदेखि तीज पर्व शुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तया..

काठमाडौँ, भदौं २८ : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाए..

2 दिन पहिले

सरकार पूर्ण असफल भइसक्यो : डा. सिके राउत

जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्। अग्रगामी ..

3 दिन पहिले