Janakpurdham
Mon, Aug 25, 2025
`

विवाह पञ्चमी महामहोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ ।जनकपुरधामको जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको व्याण्ड र अन्य बाँजा गाँजासहित सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ जसलाई मटकोर विधि भनिन्छ ।  गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुनका लागि जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ । मटकोर विधिमा आज दिउँसै सेभ हिस्टोरिकल जनकपुरधामद्वारा गंगा आरतीको आयोजना गरिएको छ ।

मटकोर विधिमा महिलाहरूले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू पनि गाएका थिए । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो ।   मटकोर विधिमा उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने  विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाहको कार्यक्रम रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत पर्सि १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरुलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको छ । सोही दिन जन्तीहरूलाई बिदाइ गर्ने चलन रहेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा, जनकपुरधामका विद्यालय तीन दिन बन्द 
सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज एक शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा भोलि प्रदेशभरि सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको छ । सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाह पञ्चमीको भोलि मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको छ । यसैगरी जनकपुरधामको नीजि तथा सामुदायिक विद्यालयहरूमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ । सीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बाँसको तथा भिडलाई ध्यानमा राखेर विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो । खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी रहेको छ ।

विवाह पञ्चमीलाई दृष्टिगत गरेर रेल सेवा विस्तार, बसको अभावले यात्रीहरू मारमा
तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ ।सीताराम विवाह पञ्चमीको एक दिन अगाडी आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीन पटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले जानकारी दिनुभयो । कम्पनीले मङ्सिर ११, १२ र १३ गते गरेर भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान साढे ८ बजे , दिउँसो साढे १२ बजे तथा साढे तीन बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी, जनकपुरधामबाट बिहान १०ः४५ बजे, १ः४० बजे र ५ः१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो ।  जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ ।रेल सेवाले भारतबाट आउने तीर्थयात्रीहरूलाई जनकपुरधाम आउनका लागि निक्कै सहयोग मिलेको छ । तर महोत्तरी जिल्लाको भिठामोड नाकाबाट भारतीय सवारी साधनबाट आएका तीर्थयात्रीहरूका लागि पर्याप्त मात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्रीहरू कष्टपूर्ण यात्रा गर्नका लागि विवश भएका छन् । थोरै बस सेवा सञ्चालन भएकाले यात्रीहरूले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीहरूले गरेका छन् । कतिपय यात्रीहरू भिठ्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिएको छ ।     साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

4 मिनट पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

44 मिनट पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

2 दिन पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

2 दिन पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

2 दिन पहिले