
‘प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमी’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक उत्सव विवाहपञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकतालाई सुदृढ पार्न प्रेरणा मिल्ने बताउनुभएको छ । विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले मुलुकको मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नुका साथै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।“यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु-याउने विश्वास लिएको छु,” उहाँको सन्देशमा उल्लेख छ । मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा छ । यस क्षेत्रमा विवाहपञ्चमीको सांस्कृतिक एवं ऐतिहासिक महìव छ ।साभार गोरखापत्र

सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
33 मिनट पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
2 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
2 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
2 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले