Janakpurdham
Thu, Sep 24, 2026
`

जनकपुरधाममा ठूलो धार्मिक मेला, स्वयंवर सम्पन्न, राति शुभविवाह

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भगवान् राम तथा माता सीताको आज स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहित निस्केको झाँकी सहितको डोला जनकपुरधामको रङ्गभूमि मैदानमा पुगेकोमा केही बेरमा जनकपुरधामको राम मन्दिरबाट निष्केको बाजागाजा तथा झाँकी सहितको डोला रङ्गभूमि मैदानमा पुगेपछि स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

स्वयंवर कार्यक्रमको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गर्नुभएको थियो । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आयोजना गरेको स्वयंवर कार्यक्रममा लाखौँ भक्तजनहरू सहभागी रहनुभएको थियो । जनकपुरधामको राम मन्दिरबाट भारतको उत्तराखण्डबाट आएको विभूजी महाराज नेतृत्वको जन्ती सहभागी रहेका थिए ।

स्वंम्बर कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा अधिकारीहरू, लब्ध प्रतिष्ठित व्यक्तिहरू, राजनीतिक कर्मीहरू, साधु सन्त, महन्थ, योगी तथा सन्न्यासी सहभागी हुनुहुन्थ्यो ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस पटक रङ्गभूमि मैदानमा रामलीलाको आयोजना गरेको छ ।

डोला सहितको बराती तथा सरातीहरु नगरको परिक्रमापछि जानकी मन्दिरमा पुगी सम्पन्न हुनेछ भने राति मिथिलाको परम्पराअनुसार माता राम तथा सीताको प्रतिकात्मक विवाह हुने कार्यक्रम रहेको छ । मिथिला दरबारको प्रतिनिधित्व जानकी मन्दिरका महन्थ रामतपेश्वर दास तथा अयोध्या दरबारको प्रतिनिधित्व राम मन्दिरका महन्थ राम गिरीले गर्नुभएको छ ।

सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवमा आउने तीर्थयात्रीहरूका लागि निःशुल्क आवास, भोजन, स्वास्थ्य उपचार, पानी तथा चिया प्रदान गर्ने काम विभिन्न संघ संस्थाहरूद्वारा व्यवस्थापन गरिएको छ ।

प्रत्येक वर्ष मार्ग शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा त्रेता युगको स्मरण गर्दै सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको आयोजना हुँदै आएको छ ।साभार : रेडियो नेपाल

`
12 comments
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..

काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..

13 घन्टा पहिले

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..

काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..

13 घन्टा पहिले

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

2 दिन पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

2 दिन पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

3 दिन पहिले