महेन्द्र यादवलाई झिनाे मतले हराउँदै धनुषा ४ बाट एमाले सचिव रघुवीर विजयी
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।एमालेका रघुवीर महासेठ ३२ हजार २३६ पाएर विजयी भएका हुन् भने कांग्रेसका सह–महामन्त्री यादवले ३२हजार ११२ मत पाएर पराजित भए । महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् ।दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठलाई अन्तिममा गणना गरिएको मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो ।सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए । आज बिहान मिथिला ११ को गणना थालेसँगै मासेठले लिड गरेका थिए ।७४ मा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादी महासेठको साथमा थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ ।तर, यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए । मधेसका अधिकांश क्षेत्रमा एमाले- जसपाको तालमेल हुँदा पनि यहाँ एमाले एक्लै चुनाव लडेको थियो ।जसपाले महाजन यादवलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो स्थानमा सीमित बने । जसपा- एमाले तालमेल गराउन महासेठले भूमिका खेलेका थिए ।धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।साभार : नेपाल प्रेस
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बाल..
13 घन्टा पहिले
राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स..
काठमाडौं, असाेज ७ : राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री..
13 घन्टा पहिले
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
2 दिन पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
2 दिन पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
3 दिन पहिले