नागरिकता पाउने बाटो खुलेपछि मधेशमा खुशीयाली
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । अदालतको आदेशसँगै नागरिकता पाउने बाटो खुलेपछि मधेशमा सर्वसाधारणले खुशीयाली मनाएका छन् । मधेका चोक चोकमा दीपावली गर्दै मधेसी युवाहरुले खुशीयाली मनाएका छन् । सोही क्रममा काठमाडौँको मैतीघर मण्डलामा पनि तराई मधेशका युवाहरुले खुशीयाली मनाएका छन् ।नागरिकताकै विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आमरण अनुसन नै सुरु गरेका थिए । उनले आमरण अनसन सुरु गरेको सातौं दिनमा नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहिवार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।
नेता शर्माको अनसन तोडाउनका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल माइतीघर पुगेका थिए । अनसन तोड्दै नेता शर्माले अदालतको आदेशले सदाका लागि नागरिकता समस्याको समाधान भएको बताउँदै यो दिन लाखौ नागरिकको लागि ऐतिहासिक दिन भएको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धन दललाई धन्यवाद समेत दिएका छन् । माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका नेता एवं अधिवक्ता दीपेन्द्र झाले २०४९ सालदेखि नागरिकताका लागि लगातार संघर्ष हुँदै आएपनि २०८० मा मात्र आएर नागरिकता पीडितले नागरिकता पाउने सुनिश्चितता भएको बताए ।
_sD1WImFZ3t.jpg)
सो कार्यक्रमलाई जनता प्रगतिशिल पार्टीका उपाध्यक्ष डा.शिवजी यादव, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पनि सम्बोधन गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि काठमाडौँलगायत देशैभर आन्दोलन सुरु भएको थियो ।
_lpuBui8AP1.jpg)
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
23 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
23 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले