जनकपुरधाम उपमहानगरको १० औँ नगरसभामा २ अर्ब २८ करोडको बजेट पेश
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पेश गर्नु भएको बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात् कूल बजेटको ४९.७८ प्रतिशत तथा पूँजीगत तर्फ एशियाली विकास बैङ्कको बजेट सहित १ अर्ब ९ करोड ८३ लाख ५ हजार २ सय ९० रुपैयाँ अर्थात् कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ । यसका साथै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् कूल बजेटको २.३४ प्रतिशत रहेको छ । बजेटको श्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य श्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडिबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ५८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३७ लाख ३५ हजार बेहोर्ने उपप्रमुख साहले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ ।

यस अघि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत तथा समृद्ध उपमहानगरपालिका बनाउने प्रतिबद्धता सहितको कार्यक्रम पेश गर्नु भयो । उहाँले जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण गर्दै एक वडा एक उत्पादनमा विशेष रुपमा जोड दिने नगरप्रमुखले पेश गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । नगर सभामा शुभकामना दिँदै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि यहाँको मठ, मन्दिर, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण हुनु पर्ने धारणा राख्नु भयो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउँदै सहयोगका लागि नेतृत्वलाई अगाडी बढ्नका लागि सुझाव दिनु भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले मधेश प्रदेशको राजधानीका साथै देशकै महत्वपूर्ण धार्मिक तथा संस्कृति महत्वको शहर भएकाले जनकपुरधामको विकासका लागि संघ तथा प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार भएकाले सुन्दर शहर बनाउनमा उपमहानगरपालिका सफल होस् भन्ने कामना गर्नु भयो । दशौँ नगर सभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
साभार : रेडियो नेपाल
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने
धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..
18 घन्टा पहिले
दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। नतिजा इ..
18 घन्टा पहिले
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
2 दिन पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
2 दिन पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
3 दिन पहिले