मधेशको स्वास्थ्य निर्देशनालयले भन्यो- असार मसान्तभित्र सूचीकृत नगराउने स्वास्थ्य संस्थालाई कारबाही
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन सूचना जारी गरेको छ ।प्रदेशका धेरै निजी स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन् । दर्ता रहेको स्वास्थ्य संस्था पनि मापदण्ड पालना नगरेको व्यापक गुनासो छ । त्यसैले कानूनी दायरामा ल्याउन स्वास्थ्य निर्देशनालयले ०८० असार मसान्तभित्र अनिवार्य रूपमा सबै स्वास्थ्य संस्थालाई सूचीकृत गराउन सार्वजनिक सूचना जारी गरेको हो ।निर्देशनालयले भनेको छ, ‘प्रदेशका विभिन्न पालिका/जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू ९निजी अस्पताल, क्लिनिक, डाइगनोस्टिक सेन्टर०लाई २०८० असार मसान्तभित्र अनिवार्य रूपमा यस निर्देशनालयमा सूचीकृत गराउन अनुरोध छ ।कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी असार मसान्तभित्र अनिवार्य अनुमति लिन समेत निर्देशनालयले निर्देशन दिएको छ । साथै असार मसान्तभित्र सूचीकृत नगराउने संस्थालाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।धनुषाको सपहीमा रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको छ ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
23 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
24 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले