Janakpurdham
Wed, Sep 23, 2026
`

प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने महामन्त्री गगनको प्रस्ताव

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।कांग्रेस काठमाडौं– ४ को प्रथम क्षेत्रीय सम्मेलनमा बुधबार उनले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।’उनले दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने ?,’ उनले भने ।महामन्त्री थापाले यो प्रस्ताव बहसका लागि अघि सारेका हुन् । त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको ‍औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।‘पार्टीभित्र यो बहस किन नगर्ने ?, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।विभिन्न पेसामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए। नेविसंघले प्राध्यापक वा शिक्षक कुटेका र मोसो दलेका खबर आउने गरेको भन्दै थापाले यस्ता विषयले आफूलाई चिन्तित बनाउने गरेको बताए।‘मेरो कुरा मानेन भनेर म अर्काको शरीरमा गएर मोसो दल्न पाउँछु ? कुनै पनि व्यक्ति प्राध्यापक होस् वा कसैलाई पनि होस, मेरो कुरा मानेन, चित्त बुझेन भनेर मैले ऊ माथि गएर आक्रमण गर्न पाउँछु, पाउँदिनँ,’ उनले भने, ‘यो मोसो दल्ने, प्राध्यापक कुट्ने विषयको सन्दर्भमा कुनै किन्तु परन्तु हुँदैन। त्यो गलत हो।’साभार : मिडिया डबली

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

23 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

23 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले