Janakpurdham
Wed, Sep 23, 2026
`

समाज रूपान्तरणमा गोरखापत्रको योगदान महत्त्वपूर्ण : मन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

लालगढ (धनुषा), असार १४ गते । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मधेस प्रदेशका समाचारदाताहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा आज मन्त्री यादवले सो कुरा बताउनुभएको हो । आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा आयोजित कार्यक्रममा मन्त्री यादवले समाजका सकारात्मक पक्षमा सञ्चार माध्यममले ध्यान दिनुपर्ने चर्चा गर्नुभयो । समाज रूपान्तरणमा सञ्चार माध्यम बलियो शक्ति भएको बताउनुहुँदै उहाँले गोरखापत्रजस्तो इतिहास बोकेको पत्रिकाले नागरिकको जनविश्वासमा कमी हुन नदिनेतर्फ सदैव चनाखो हुनुपर्ने बताउनुभयो । गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव उत्तम खरेलले सञ्चारकर्मीले निश्चपक्ष समाचार लेखन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले गोरखापत्रप्रतिको पाठकको भरोसा र विश्वास जोगाइ राख्ने मुख्य चुनौती रहेकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिनुभयो । गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन संरचनागत सुधारको खाँचो रहेको उहाँको भनाइ छ ।जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सङ्घीयतालाई सशक्त बनाएर अघि बढ्न सकेमा मिडिया पनि जीवित रहने बताउनुभयो । गोरखापत्र समाजको रूपान्तरणमा निरन्तर पहरेदारी गर्दैआएकाले यसको महत्त्व रहेको बताउनुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनको संरचनागत सुधार गर्दै प्रकाशन आरम्भ गरिएको बताउनुभयो । गोरखापत्र राज्यको पत्रिकामात्र नभई नागरिकप्रति जिम्मेवार पत्रिका रहेको उहाँको भनाइ छ । आगामी दिनमा गोरखापत्र संस्थानका प्रकाशनलाई थप प्रविधिमैत्री र परिष्कृत गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

मधेस प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रसिंह कुशवाह लगायतले मन्तव्य राख्नुभएको थियो । साभार : गोरखापत्र

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

23 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

24 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले