Janakpurdham
Fri, Aug 07, 2026
`

जनकपुर जेसिजमा सदस्यता विवाद, अध्यक्षले विधान मिचेको आरोप

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम- जनकपुर जेसिजमा नयाँ सदस्यता थप्ने विषयमा विवाद उत्पन्न भएको छ।अध्यक्ष अभिषेक चौधरीले विधानविपरित नयाँ सदस्यता दिएपछि जनकपुर जेसिजमा विवाद सिर्जना भएको हो।अध्यक्ष चौधरीले विधानविपरित गएर नयाँ सदस्यता थपेको कार्यसमितिका एक पदाधिकारीले आरोप लगाएका छन्।विधानले बढीमा ३० जना नयाँ सदस्य बनाउने व्यवस्था गरे पनि अध्यक्ष चौधरीले आफूखुशी सयभन्दा बढी सदस्य थपेको ती पदाधिकारीको भनाइ छ।‘विधानले हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्न सकिने व्यवस्था गरेको छ। तर, अध्यक्षले विधानको व्यवस्था मिचेर करिब १४७ जना नयाँ सदस्य बनाउनुभएको छ,’ उनले भने,‘बोर्ड मिटिङमा समेत राम्ररी छलफल भएको छैन। जबरजस्ती निर्णय लाद्ने काम गर्नुभएको छ।’विधानविपरित गएर थपिएका नयाँ सदस्यहरूलाई स्वीकार्य गर्न नसकिने उनले बताए।सन् २०२० मा विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भए पनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ।ती पदाधिकारीका अनुसार २०२१ मा संशोधित विधानबमोजिम नै नयाँ सदस्यता वितरण भएको थियो।२०२२ मा विवादका कारण नयाँ सदस्यता नै नबाँडिएको र अहिले एकैपटक सयभन्दा बढीलाई नयाँ सदस्यता दिने काम भइरहेको उनको भनाइ छ।विधानमा धारा ११ ‘क’ पछि थप गर्न शीर्षकमा नयाँ सदस्यता वितरण सम्बन्धमा भनिएको छ,‘यसरी नयाँ सदस्यता प्रदान गर्न परेको आवेदनहरूमध्ये सञ्चालक समितिले निर्णय गरी उचित ठहरी आएबमोजिम एक वर्षमा ३० सदस्यमा नबढ्ने गरी सदस्यता प्रदान गरिनेछ।’भोटको राजनीति गर्न अध्यक्षले विधान मिचेर नयाँ सदस्यता वितरण गर्न लागेको पदाधिकारीहरूले आरोप लगाएका छन्।साभार : आयोमेल

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

22 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

22 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले