
जनकपुर जेसिजमा सदस्यता विवाद, अध्यक्षले विधान मिचेको आरोप
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम- जनकपुर जेसिजमा नयाँ सदस्यता थप्ने विषयमा विवाद उत्पन्न भएको छ।अध्यक्ष अभिषेक चौधरीले विधानविपरित नयाँ सदस्यता दिएपछि जनकपुर जेसिजमा विवाद सिर्जना भएको हो।अध्यक्ष चौधरीले विधानविपरित गएर नयाँ सदस्यता थपेको कार्यसमितिका एक पदाधिकारीले आरोप लगाएका छन्।विधानले बढीमा ३० जना नयाँ सदस्य बनाउने व्यवस्था गरे पनि अध्यक्ष चौधरीले आफूखुशी सयभन्दा बढी सदस्य थपेको ती पदाधिकारीको भनाइ छ।‘विधानले हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्न सकिने व्यवस्था गरेको छ। तर, अध्यक्षले विधानको व्यवस्था मिचेर करिब १४७ जना नयाँ सदस्य बनाउनुभएको छ,’ उनले भने,‘बोर्ड मिटिङमा समेत राम्ररी छलफल भएको छैन। जबरजस्ती निर्णय लाद्ने काम गर्नुभएको छ।’विधानविपरित गएर थपिएका नयाँ सदस्यहरूलाई स्वीकार्य गर्न नसकिने उनले बताए।सन् २०२० मा विधान संशोधन भएर हरेक वर्ष बढीमा ३० जना नयाँ सदस्य थप्ने व्यवस्था गरिएको भए पनि अध्यक्षले यसलाई मिचेको उनको आरोप छ।ती पदाधिकारीका अनुसार २०२१ मा संशोधित विधानबमोजिम नै नयाँ सदस्यता वितरण भएको थियो।२०२२ मा विवादका कारण नयाँ सदस्यता नै नबाँडिएको र अहिले एकैपटक सयभन्दा बढीलाई नयाँ सदस्यता दिने काम भइरहेको उनको भनाइ छ।विधानमा धारा ११ ‘क’ पछि थप गर्न शीर्षकमा नयाँ सदस्यता वितरण सम्बन्धमा भनिएको छ,‘यसरी नयाँ सदस्यता प्रदान गर्न परेको आवेदनहरूमध्ये सञ्चालक समितिले निर्णय गरी उचित ठहरी आएबमोजिम एक वर्षमा ३० सदस्यमा नबढ्ने गरी सदस्यता प्रदान गरिनेछ।’भोटको राजनीति गर्न अध्यक्षले विधान मिचेर नयाँ सदस्यता वितरण गर्न लागेको पदाधिकारीहरूले आरोप लगाएका छन्।साभार : आयोमेल

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
13 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
13 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
13 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले