काँग्रेस जिल्ला सभापतिको भेला आजदेखि
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ, असार २१ गते । नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आउनुभएको हो । भेला दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी सचिवालयले जनाएको छ । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका हुन् । भेला शुक्रवारसम्म सञ्चालन हुनेछ । बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुनेछ ।क्रियाशील सदस्यको जिल्लागत अवस्था, पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित छलफल हुने जनाइएको छ । साभार : गोरखापत्र
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
22 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
22 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले