Janakpurdham
Wed, Sep 23, 2026
`

यसअघिका मन्त्रीले काजमा राखेका ८ सय डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम रहेको बताए ।उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए ।दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्ने उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरी छाड्ने प्रतिबद्धता जनाए ।स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा डाक्टरहरूको पहुँच पुर्‍याएर नै छोड्ने बताए ।८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको उनले बताए ।कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेसन गर्नुपर्ने बताए ।सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको उल्लेख गर्दै उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरू आएको बताए ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

22 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

22 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले