
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, असार २८ गते । नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग गरेका छन । नेपाल ट्रेड युनियन कांग्रेस धनुषाले श्रमजीवीको न्यूनतम पारिश्रमिक २५ हजार रुपैया सहित विभिन्न पाँच बुँदे माग सहित श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्रालयसँग माग गरेका छन् । बिहीवार नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका पदाधिकारीहरुले आफ्ना माग सहित नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सो माग गरेका हुन । उनीहरुले श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग प्रजिअ काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउंदै माग गरेका हुन । रोजगारदाताका साथै सरकार समेत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गम्भीर नदेखिएको भन्दै सरकार आफै कानून विपरित देशमा दुई प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी विभेद गरेको आरोप लगाइएको छ । ज्ञापन पत्रमा सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई मासिक २६ हजार रुपैया तोकिएको अवस्थामा महँगीको समयमा मात्र १५ हजार श्रमजीवीलाई दिने गरिएकाले जिविकोर्जन कसरी गर्न सक्ने भनी प्रश्न हामी माझ उठेको भनिएको छ । यी बाहेक योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू, स्थानीय तहमा श्रमजीवीहरुको पञ्जिकरण, श्रम आयोग गठन र निती निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था सहितको माग समेत अघि सारेको छ । वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई ध्यानमा राखी ट्रेड युनियन कांग्रेसले असार ४—६ सम्म काठमाडौमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनमा व्यापक छलफलगरी श्रमिकको न्यूनतम मासिक २५ हजार रुपैया हुनुपर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार कार्यान्वयनका लागि सरकारलाई दबाव दिन देशभरि संघर्ष थालेको छ । सो क्रममा धनुषामा पनि ज्ञापन पत्र बुझाइएको हो । शुक्रवार देशका सातौं प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । मधेश प्रदेशमा पनि मुख्यमन्त्री वा सम्बन्धित मन्त्रिलाई ज्ञापन पत्र बुझाइनेछ ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
6 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
21 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
21 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले