नेपाल ट्रेड युनियन कांग्रेसद्वारा न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असार २८ गते । नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग गरेका छन । नेपाल ट्रेड युनियन कांग्रेस धनुषाले श्रमजीवीको न्यूनतम पारिश्रमिक २५ हजार रुपैया सहित विभिन्न पाँच बुँदे माग सहित श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्रालयसँग माग गरेका छन् । बिहीवार नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका पदाधिकारीहरुले आफ्ना माग सहित नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सो माग गरेका हुन । उनीहरुले श्रम रोजगार तथा सामाजिक विकास सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग प्रजिअ काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउंदै माग गरेका हुन । रोजगारदाताका साथै सरकार समेत श्रमजीवीको न्यूनतम पारिश्रमिकमा गम्भीर नदेखिएको भन्दै सरकार आफै कानून विपरित देशमा दुई प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी विभेद गरेको आरोप लगाइएको छ । ज्ञापन पत्रमा सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई मासिक २६ हजार रुपैया तोकिएको अवस्थामा महँगीको समयमा मात्र १५ हजार श्रमजीवीलाई दिने गरिएकाले जिविकोर्जन कसरी गर्न सक्ने भनी प्रश्न हामी माझ उठेको भनिएको छ । यी बाहेक योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू, स्थानीय तहमा श्रमजीवीहरुको पञ्जिकरण, श्रम आयोग गठन र निती निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था सहितको माग समेत अघि सारेको छ । वर्तमान समयको मूल्यवृद्धि र महँगीलाई ध्यानमा राखी ट्रेड युनियन कांग्रेसले असार ४—६ सम्म काठमाडौमा सम्पन्न सातौ राष्ट्रिय महाधिवेशनमा व्यापक छलफलगरी श्रमिकको न्यूनतम मासिक २५ हजार रुपैया हुनुपर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार कार्यान्वयनका लागि सरकारलाई दबाव दिन देशभरि संघर्ष थालेको छ । सो क्रममा धनुषामा पनि ज्ञापन पत्र बुझाइएको हो । शुक्रवार देशका सातौं प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । मधेश प्रदेशमा पनि मुख्यमन्त्री वा सम्बन्धित मन्त्रिलाई ज्ञापन पत्र बुझाइनेछ ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
22 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
22 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले