भानुभक्त राष्ट्रिय एकताको प्रतीक हुन् : राष्ट्रपति पौडेल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको स्मरण गरेका हुन ।राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएका छन् । उनका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुँदै गएको छ ।आदिकवि भानभुक्तले सरल र रोचक ढंगले नेपालीमा लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धि भएको राष्ट्रपति पौडेलको भनाइ छ ।‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,’ राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस रचनाको माध्यमले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन् ।’नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने भन्दै राष्ट्रपति पौडेलले सबै भाषाभाषी समुदायमाझ सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन आह्वान गरे । राष्ट्रपति पौडेलले भानुको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।साभार : रातोपाटी

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
22 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
22 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले