Janakpurdham
Wed, Sep 23, 2026
`

आगामी मंसिर मसान्तसम्म ओएनएम गरिसक्न सबै निकायलाई सामान्य प्रशासनको परिपत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर मसान्तसम्म संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरिसक्न सबै निकायलाई परिपत्र गरेको छ।मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५० र संगठन व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एवं संगठन संरचना र दरबन्दी पुनरावलोकन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार यस्तो परिपत्र गरेको हो ।चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा ‘सबै सरकारी सेवा, निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन ।सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दी पुनरावलोकन गरी छरितो बनाइनेछ । सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिना भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्नुपर्नेछ ।’ भन्ने उल्लेख गरिएको छ ।त्यसैलाई कार्यान्वयन गर्नका लागि असार २९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै सबै निकायलाई परिपत्र गरेका हुन् ।परिपत्रमा तोकिएको सीमा भित्रै संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्न परिपत्रमा भनिएको छ ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

20 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

20 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले