Janakpurdham
Wed, Sep 23, 2026
`

उपेन्द्रविरुद्ध चुनाव लड्न भित्र्याइएका कुशवाहलाई सीके राउतले चार महिनामै गरे पार्टीबाट निष्कासन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।कारबाहीमा परेका कुशवाहा बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ । कुशवाहामाथि अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको आरोप छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए । 

यस्तै सप्तरीका मण्डललाई १ वर्षका लागि निलम्बन गरिएको छ । मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा पार्टीको सदस्यबाट १ वर्षका लागि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।सप्तरीकै शंकर खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ ।केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्धी गरेको भन्दै रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ ।यस्तै कपिलवस्तु घर भएका भगवान दास यादव पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बनमा परेका छन् । उनीमाथि पार्टीका बैठकहरु र कारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक पटक देखाएको आरोप छ ।पार्टीका उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ- कारबाही पश्चात सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुन सक्नेछ ।

 

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

20 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

20 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले