Janakpurdham
Wed, Sep 23, 2026
`

दुई वर्षसम्म पनि पुल नबन्दा डुङ्गाबाट वारपार गर्न स्थानीय बाध्य

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । धनुषा तथा सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गको कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै भाँसिएको करिब दुई वर्ष बित्दा पनि मर्मत नभएका कारणले स्थानीय बासिन्दा डुङ्गा प्रयोग गरी वारपार गर्न बाध्य छन् ।

२०७८ असार १६ गते आएको बाढीका कारणले निर्माण सम्पन्न भएर उद्घाटनको तयारी रहेको पुलको सिरहा तर्फका चार पिलर भासिएका थिए ।स्थानीय बासिन्दा तथा मोटरसाइकललाई कमला नदी वारपार गराउन चार वटा डुङ्गा प्रयोग भइरहेका छन् । ढुङ्गाका चालकहरूले प्रति मोटरसाइकल ५० रुपैयाँ लिँदै आएकोमा जिल्ला विपत् व्यवस्थापन समिति धनुषाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वका सुरक्षाकर्मीहरूले भाडा ३० रुपैयाँ मात्र लिन दिएको निर्देशनप्रति ढुङ्गा चालकहरू सहमत भएका छन् ।हालै धनुषामा आउनुभएका संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुलको स्थलगत अनुगमन गरी मर्मत तत्काल गर्न पहल गर्ने बताउनुभएको छ ।साभार : रेडियो नेपाल

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

20 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

21 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले