
सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर भएकाे छ : सञ्चारमन्त्री शर्मा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचारको विरुद्धमा कठोर रुपमा अगाडि बढेको बताउँदै भ्रष्टाचार भएको प्रमाण भेटाए जस्तो सुकै ओहदाका मान्छेहरू पनि सजायको भागीदार बन्ने बताउनुभयो । सञ्चारमन्त्री शर्माले नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयद्वारा आज जनकपुरधाममा “टेलिकमको सेवा”को विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिइएको अन्तरक्रिया कार्यक्रममा बोल्दै साे कुरा बताउनुभएकाे हाे ।उहाँले वर्तमान सरकारले वर्षौँ देखि मधेशमा रहेको जन्मसिद्धका सन्तानको नागरिकता समस्याको समाधान गर्नका लागि नागरिकता विधेयक ल्याएको बताउँदै सामन्तको अवशेषको रुपमा रहेको मिटर व्याज पीडितको समस्याहरू सम्बोधन हुने गरि सरकार अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले टेलिकमको सेवाको अधिकतम उपयोग गरेर लाभ लिनका लागि आम जनतासँग आग्रह गर्नु भयो । मन्त्री शर्माले सूचना सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउनका लागि नेपाल टेलिकमको महत्पूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले जहाँ जनसङ्ख्या त्यहाँ सञ्चार भन्ने मान्यता सहित मधेश प्रदेशमा नेपाल टेलिकमको सेवामा पहुँचको समस्या भए त्यसको समाधानका लागि मन्त्रालयले गर्नु पर्ने सबै कामहरू गर्नका लागि तयार भएको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशले धेरै राजश्व पनि दिने गरेकाले यस प्रदेशका जनताले गुणस्तरीय दूरसञ्चार सेवा पनि पाउनु पर्ने धारणा राख्नु भयो । सञ्चारमन्त्री शर्माले प्रदेशका दुई पालिकालाई नेपाल टेलिकमको सबै सेवा र सुविधाको प्रयोग एवं विस्तार भएको नमूना पालिकाको रुपमा हेर्न चाहेको बताउँदै यस्ता प्रकारको अन्तरक्रिया कार्यक्रमले टेलिकमको समस्याको पहिचान तथा समाधानको उपायहरू पत्ता लगाउनमा मद्दत पुग्ने बताउनु भयो ।
सञ्चारमन्त्री शर्माले वर्तमान सरकार देश र जनताको पक्षमा उभिएको बताउँदै जनताको साथ र सहयोग सरकारलाई निरन्तर रुपमा प्राप्त भइरहेकोमा खुशी व्यक्त गर्नु भयो । नेपाल दूरसञ्चार कम्पनीका महाप्रबन्धक सुनिल पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल टेलिकमले प्रदान गर्दै आएको सेवा तथा सुविधाको विषयमा कम्पनीका वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठ र नेपाल टेलिकम जनकपुरधामका कार्यालय प्रमुख दीपेन्द्र साहले पनि बोल्नु भएको थियो ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
6 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
21 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
21 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले