सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर भएकाे छ : सञ्चारमन्त्री शर्मा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचारको विरुद्धमा कठोर रुपमा अगाडि बढेको बताउँदै भ्रष्टाचार भएको प्रमाण भेटाए जस्तो सुकै ओहदाका मान्छेहरू पनि सजायको भागीदार बन्ने बताउनुभयो । सञ्चारमन्त्री शर्माले नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयद्वारा आज जनकपुरधाममा “टेलिकमको सेवा”को विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिइएको अन्तरक्रिया कार्यक्रममा बोल्दै साे कुरा बताउनुभएकाे हाे ।उहाँले वर्तमान सरकारले वर्षौँ देखि मधेशमा रहेको जन्मसिद्धका सन्तानको नागरिकता समस्याको समाधान गर्नका लागि नागरिकता विधेयक ल्याएको बताउँदै सामन्तको अवशेषको रुपमा रहेको मिटर व्याज पीडितको समस्याहरू सम्बोधन हुने गरि सरकार अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले टेलिकमको सेवाको अधिकतम उपयोग गरेर लाभ लिनका लागि आम जनतासँग आग्रह गर्नु भयो । मन्त्री शर्माले सूचना सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउनका लागि नेपाल टेलिकमको महत्पूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले जहाँ जनसङ्ख्या त्यहाँ सञ्चार भन्ने मान्यता सहित मधेश प्रदेशमा नेपाल टेलिकमको सेवामा पहुँचको समस्या भए त्यसको समाधानका लागि मन्त्रालयले गर्नु पर्ने सबै कामहरू गर्नका लागि तयार भएको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशले धेरै राजश्व पनि दिने गरेकाले यस प्रदेशका जनताले गुणस्तरीय दूरसञ्चार सेवा पनि पाउनु पर्ने धारणा राख्नु भयो । सञ्चारमन्त्री शर्माले प्रदेशका दुई पालिकालाई नेपाल टेलिकमको सबै सेवा र सुविधाको प्रयोग एवं विस्तार भएको नमूना पालिकाको रुपमा हेर्न चाहेको बताउँदै यस्ता प्रकारको अन्तरक्रिया कार्यक्रमले टेलिकमको समस्याको पहिचान तथा समाधानको उपायहरू पत्ता लगाउनमा मद्दत पुग्ने बताउनु भयो ।
सञ्चारमन्त्री शर्माले वर्तमान सरकार देश र जनताको पक्षमा उभिएको बताउँदै जनताको साथ र सहयोग सरकारलाई निरन्तर रुपमा प्राप्त भइरहेकोमा खुशी व्यक्त गर्नु भयो । नेपाल दूरसञ्चार कम्पनीका महाप्रबन्धक सुनिल पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल टेलिकमले प्रदान गर्दै आएको सेवा तथा सुविधाको विषयमा कम्पनीका वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठ र नेपाल टेलिकम जनकपुरधामका कार्यालय प्रमुख दीपेन्द्र साहले पनि बोल्नु भएको थियो ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
20 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
20 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले