Janakpurdham
Wed, Sep 23, 2026
`

अर्थमन्त्रीको दाबी- सूचना दिनेलाई मैले पुरस्करको व्यवस्था गरेकाले सय केजी सुन समातियो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको दाबी गरेका छन् ।बुटवल पुगेका अर्थमन्त्री महतले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको दाबी गरे ।रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भएपछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ अर्थमन्त्री महतले भने ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’ उनले भने ।उनले व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए । मन्त्री महतले पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने र गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने गरी सरकारले योजना बनाएको बताए ।काङ्ग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको तर्क गरेका छन् ।ुपार्टीभित्रका धेरै भ्रमहरु बैठकको लाइभ प्रकृयाले चिरेको छ, पार्टीभित्र धेरै किचलो भएको भ्रम फैलाइएको थियो, अब सबैलाई क्लियर भयो’ उनले भने ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

19 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

19 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले