
स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ : मन्त्री बस्नेत
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिना भित्रमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने किसिमले मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । प्राकृतिक विपद्को समयमा काम गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक लगानीमा निर्माण भएको ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र’ को आज धनुषाको सपहीमा प्रदेश सरकारलाई हस्तान्तरण गर्नुहुँदै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले पहिलो पटक नीजि तथा सरकारी अस्पतालमा गरेर ३ हजार २५ वटा शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम भएको बताउनुभयो ।

मन्त्री बस्नेतले अस्पतालको १० प्रतिशत शय्या निःशुल्क गर्नुपर्ने प्रावधानको पालना ठुलोदेखि सबै अस्पतालले गर्नुपर्ने धारणा निःशुल्क शय्या नछुट्याउने माथि सरकार कठोर भएर कारबाही गर्ने बताउनुभयो । उहाँले संविधानले नै आम जनताको लागि ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रदान गर्ने प्रावधानलाई स्थापित गराउनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले मधेश प्रदेशको नारायणी उपक्षेत्रीय अस्पतालमा किड्नीको हस्तान्तरणका लागि काम अगाडी बढाइसकेको र जनकपुरधाममा मुटुको सबै प्रकारको उपचार गर्ने गरि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको बताउनुभयो । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशमा गरिबी अत्यधिक भएका कारणले स्वास्थ्यमा बढी समस्या रहेको बताउँदै जनसङ्ख्याको अधारमा स्वास्थ्यमा बजेट विनियोजन गर्नका लागि माग गर्नुभयो । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य सुधारका लागि मन्त्रालयले काम थालेको उल्लेख गर्नुहुँदै सबै जिल्ला अस्पतालहरूलाई १ सय शय्यामा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा स्वास्थ्य संस्थाको नाममा ठगी भइरहेको उल्लेख गर्नुहुँदै किराना पसल जस्तो अस्पताल र खाजा पसल जस्तो सञ्चालनमा रहेका क्लिनिकहरूको नियमन गरेर मापदण्ड विपरीतका अस्पताल माथि कारबाही गर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट मधेश प्रदेश आउने प्राकृतिक प्रकोप तथा महामारीको समयमा प्रभावकारी काम हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशल मिश्र, मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको सञ्चालनले प्रदेशमा आउने प्राकृतिक आपत् विपद्को समयमा काम गर्ने बताउनुभयो ।प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रबाट बाढी, आगलागी, महामारी डुबान तथा कटानको समयमा सूचना सङ्कलन गरेर उपचार तथा अन्य प्रकारको व्यवस्थापन गर्ने जानकारी मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा.राजीव कुमार झाले दिनुभयो । साभार : रेडियो नेपाल

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
17 घन्टा पहिले
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..
काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..
17 घन्टा पहिले
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..
काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..
2 दिन पहिले
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..
काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..
2 दिन पहिले
भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
3 दिन पहिले