
एशियाली विकास बैङ्कको सहयोगमा दोस्रो चरणको परियोजना शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा एशियाली विकास बैङ्कको सहयोगमा दोस्रो चरणको परियोजना शुरु भएको छ ।करिब ३ अर्बको लागतमा शुरु भएको अर्बन रजिलेन्स एण्ड लाईभेवलिटि ईम्प्रुभमेन्ट प्रोजेक्ट अन्तर्गत २८ किलोमिटरमा फुटपाथ सहितको सडकको निर्माण हुने भएको उपमहानगरपालिकाले जनाएको छ ।यसका साथै जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको रत्नसागर पोखरीसहित सो क्षेत्रको पर्यटकीय स्थलको रुपमा सौन्दर्यीकरणमा खर्च गरिने आयोजनाका व्यवस्थापक वरिष्ठ इन्जिनियर विरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।परियोजनाको शुभारम्भ गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम–ढल्केवर सडक खण्डको पश्चिमको भागमा पर्ने निर्माण हुन बाँकी रहेको परिक्रमा सडक, रामानन्द चौक देखि कुर्था जाने परिक्रमा सडक, बजरङ्ग चौकदेखि वाल्मीकि चौक हुँदै सीताकुण्ड भएर परिक्रमा सडक, आँखा अस्पताल देखि वाल्मीकि प्रहरी चौकीको सडकको पुनः निर्माण तथा सौन्दर्यीकरण गरिने बताउनुभयो ।परियोजनामा एशियाली विकास बैंकले प्रदान गरेको रकम नेपाल सरकार मार्फत ७५ प्रतिशत, जनकपुरधाम उपमहानगरपालिकाको म्याजिक फन्ड ७ प्रतिशत १८ प्रतिशत, नागरिक लगानी कोष मार्फतको सफ्ट लोनबाट पाँच वर्षमा परियोजनाको काम सम्पन्न हुने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।सफ्ट लोन योजना सम्पन्न भएको १५ वर्षमा फिर्ता हुने गरि त्रिपक्षीय सम्झौता भएको नगर प्रमुखले जानकारी दिनुभयो ।परियोजना २०२३ देखि २०२८ सम्म पुरा हुने भएको छ ।साभार : रेडियो नेपाल

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
4 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
19 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
19 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले