
ट्रेड युनियनका पदाधिकारीहरुलाई धनुषामा सम्मान
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । नेपाल ट्रेड युनियन काँग्रेसका नव निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई जनकपुरधाममा सम्मान गरिएको छ ।
ट्रेड युनियन काँग्रेस धनुषाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सातौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
युनियन धनुषाका अध्यक्ष महावीर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति योगेन्द्र पजियारले नेपाल ट्रेड युनियन काङ्ग्रेसका नव निर्वाचित अध्यक्ष योगेन्द्र कुँवर ,महासचिव अजय कुमार राई र कोषाध्यक्ष संजय दाहाललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले चुरे दोहनले मधेश प्रदेशका जिल्ला हरुमा पानीको विकराल समस्या देखापरेको र चुरे संरक्षण तर्फ सरकार र सरोकारवालाहरु गंभिर नभए आगामी दिन झन भयावह अवस्था हुने चिन्ता व्यक्त गरे । कार्यक्रममा केन्दीय सदस्य उमेश साह,जिल्ला समन्वय समिति धनुषाका सभापति राज नन्दन मिथिलेश कर्ण, राम स्नेही यादव, मेघनाथ यादव, लगायतका वक्ताहरु आ-आप्mना धारण राखेका
थिए ।
राम प्रसाद पँजियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह, नेपाल काँग्रेसका जिल्ला सचिव देवेन्द्र भरखेर, सम्झना वर्मा , अनिल कर्ण, ध्रुव नारायण यादव सहितका उपस्थिति रहेको थियो ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
4 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
19 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
19 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले