Janakpurdham
Wed, Sep 23, 2026
`

मधेश प्रदेश ठगीएको होइन हामीले जाँगर नचलाएको हो : मन्त्री लिम्बु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

बारा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मधेश प्रदेश ठगीएको नभएर यहाँका जनताले जाँगर नचलाएको बताएका छन् । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल कार्यक्रममा मन्त्री लिम्बुले मधेश प्रदेशका अधिकाशं खेल मैदानहरु जिर्ण अवस्थामा रहेकाले छिमेकी प्रदेशहरुको अनुशरण गरेर काम गर्न स्थानीय दलका नेता, खेलप्रेमी र जनप्रतिनिधिहरुलाई सुझाव दिए । ‘सबै साथीहरुलाई मेरो आग्रह छ मधेशप्रदेश ठगीएको होइन, हामीले जाँगर नचलाएको हो । राजविराजदेखि जनकपुर सदरमुकामसम्म खेलमैदानहरु कही बनेको अवस्था छ कही नबनेको अवस्था छ, अलि जाँगर चलायनुपर्यो, वरपरका प्रदेशहरुको नक्कल गर्नुस्’ मन्त्री लिम्बुले भने ।खेललाई पर्यटनसँग जोड्न सक्दा चाँडो प्रगति गर्न सकिने भन्दै खेलको माध्यमबाट संसारलाई जित्न सकिने उनको भनाइ छ । मन्त्री लिम्बुले चालु आर्थिक वर्षको लागि सिमरा रंगशालाको स्तरोन्तती गर्न ५० लाख र वीरगञ्ज स्थित नारायणी रंगशालाको लागि डेढ करोड बजेट विनियोज गरिएको बताए । मन्त्री लिम्बुले भने, ‘खेलकुदको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्रहरुको सहभागितामा पनि धेरै ठाँउमा स्टेडियमहरु बनाउन सकिन्छ, त्यसमा विशेष ध्यान दिऔं ।’मन्त्री लिम्बुले शुक्रबार सिमरा रंगशालाको स्थलगत अनुगमन गरेर आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा  गर्न सकने बताएका थिए । ‘११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गर्नका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद् सकरात्मक छ । यो विषयमा मुख्यमन्त्रीसँग कुरा भएको छ,’ मन्त्री लिम्बुले भने ।छलफल कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले खेलकुदका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको र खेलाडीहरुको लागि सरकारले नीतिगत रुपमा सम्बोधन गर्न ढिलाई गरेको भन्दै मन्त्री लिम्बुलाई लिखित रुपमै ज्ञापन पत्र बुझाएका छन् ।६ बुँदे सो ज्ञापनपत्रमा सिमरा रंगशाला सहित वरपर रहेका अन्य ३ वटा फिल्डहरुमा भौतिक पूर्वाधार निमार्णमा र खेलकुद साम्रगीको लागि बजेट आवश्यक रहेको, प्रदेश स्तरीय र आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता जीतपुर सिमराभित्र गनुपर्ने, मोफसलकै ठूलो खेलकुद प्रतियोगिता जीतपुर सिमरा गोल्डकप प्रतियोगितामा अनुदान तथा रंगशाला निमार्ण र स्तरोन्नती लागि पहल गर्नपर्ने, सरकारले खेलाडीहरुका लागि विशेष अभियान सञ्चालन गनुपर्ने लगायतमा माग राखेका छन् ।साथै मन्त्री लिम्बुलाई जीतपुर सिमराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंङ्गले ११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा राख्न उत्साहित भएको धारणा व्यक्त गरेका थिए । साभार : रातोपाटी

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

19 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

19 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले