
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन मुख्यमन्त्रीसँग एमालेको माग
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक लखन दासले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसिनलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।प्रमुख सचेतक दासले आज मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषणासहित ५ बुंदे माग राखेका हुन् ।प्रमुख सचेतक दासले हाल महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रण, किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधता र किसानलाई २४ सैं घण्टा विद्युत आपुर्तिको व्यवस्थ गर्न पनि माग गरेका छन् ।
मधेश प्रदेशका जनताहरुको मुख्य पेशा नै कृषि पेशा रहेको र लामो समयदेखि वर्षा नभएको कारण किसानहरुले लगाएका धानवालीमा गम्भीर असर परेको उनले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
‘भूमिगत जलश्रोतको स्तर समेत घटेको कारण भूमिगत सिंचाई प्रणाली, स्यालो ट्युववेलहरुवाट समेत पर्याप्त मात्रामा पानी आएको छैन,’ ज्ञापन पत्रमा भनिएको छ, ‘कृषि विद्युतिकरणको पहुंचवाट धेरै किसानहरु हाल सम्म वन्चित रहेको समेतको कारणले भुमिगत सिंचाई प्रभावित भएको छ ।’
मधेश प्रदेशको कृषकहरुलाई हाल सिंचाईको समस्याको साथसाथै पशुमा लम्पि स्किन नामक रोगले थप पीडा दिएपनि सरकारले कृषकको समस्या सामाधान गर्न कुनै कार्यक्रमको घोषणा नगरी सरकार यो गैर जिम्मेवार बनेको आरोप समेत लगाइएको छ ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
4 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
18 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
19 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले