Janakpurdham
Wed, Sep 23, 2026
`

मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा, सिंह र खंग मन्त्री बन्दै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतका नेता बिपी साहले रातोपाटीलाई बताए । सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने उनको भनाइ छ । ‘आजै मन्त्रिपरिषद विस्तारको तयारी छ । हाम्रो पार्टीका दुई जना सरकारमा जानुहुन्छ ।’साभार : रातोपाटी

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

18 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

18 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले