Janakpurdham
Mon, Aug 18, 2025
`

पुरानै मूल्यमा चामल बेच्न सरकारको निर्देशन, बढी मूल्य लिए कारबाही हुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । व्यापारीहरूले चामलको मूल्य बढाएको पाइए सरकारले कारबाही गर्ने भएको छ ।केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।विभागले साउन १५ मा उद्योग वाणिज्य महासंघका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो ।भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।कसैले मूल्य वृद्धि गरेको पाइए कारबाही हुने विभागले जनाएको छ । भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।भारतको घोषणा लगत्तै नेपाली व्यापारीहरूले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् ।चामलको मूल्य वृद्धि भएको गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरूलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।साभार : नेपाल प्रेस

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

1 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

16 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

16 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले