Janakpurdham
Wed, Sep 23, 2026
`

पुरानै मूल्यमा चामल बेच्न सरकारको निर्देशन, बढी मूल्य लिए कारबाही हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । व्यापारीहरूले चामलको मूल्य बढाएको पाइए सरकारले कारबाही गर्ने भएको छ ।केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।विभागले साउन १५ मा उद्योग वाणिज्य महासंघका वाणिज्य हेर्ने पदाधिकारीसँग चामल निर्यात प्रतिबन्धका विषयमा छलफल गरेको थियो ।भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न निर्देशन दिएको छ । यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।कसैले मूल्य वृद्धि गरेको पाइए कारबाही हुने विभागले जनाएको छ । भारतले अघिल्लो गत हप्ता बासमती बाहेकका चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।भारतको घोषणा लगत्तै नेपाली व्यापारीहरूले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् ।चामलको मूल्य वृद्धि भएको गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरूलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

18 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

18 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले