Janakpurdham
Wed, Sep 23, 2026
`

ललिता निवास प्रकरणमा शाखा अधिकृत थुनेर तत्कालीन प्रधानमन्त्रीलाई नछोएकोमा शेखरको आपत्ति

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशंका गरेका छन् ।नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्नेबेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई थिए । डा. कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुनेवाला रहेको बताए ।

 

साभार : नेपाल प्रेस

 

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

18 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

18 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले