Janakpurdham
Thu, Aug 28, 2025
`

ललिता निवास प्रकरणमा शाखा अधिकृत थुनेर तत्कालीन प्रधानमन्त्रीलाई नछोएकोमा शेखरको आपत्ति

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशंका गरेका छन् ।नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरु परेका छन् । अब यस्तो पनि कहिँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्नेबेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई थिए । डा. कोइरालले एकपछि अर्को काण्ड बाहिर आउने र माथिल्ला मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुनेवाला रहेको बताए ।

 

साभार : नेपाल प्रेस

 

`
12 comments
रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु

रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।  ..

10 घन्टा पहिले

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान

काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..

10 घन्टा पहिले

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

3 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले