
गोगल प्रसाद नमुना मा.वि.ले मनाए ७३ औँ वार्षिकोत्सव
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

राहुल कुमार सिंह,
जनकपुरधाम ।सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले स्थापनाको ७३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वृक्षारोपण , खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले शनिवार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
नगरप्रमुख साहले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुँदै आएको विद्यालयका प्रधानाध्यापक महावीर दासले बताएका छन । विगत केही वर्षदेखि इन्जिनियरङ विषयको समेत अध्ययन अध्यापन भइरहेको छ । कतिपय सामूदायिक विद्यालयमा विद्यार्थीको अभाव खट्किएको अवस्थामा यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई स्थान अभावमा भर्ना गर्न समस्या भएको विद्यालयका शिक्षक एवम् सुचना अधिकारी अनिल कर्णले जानकारी दिएका छन ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
2 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
16 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
16 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले