Janakpurdham
Wed, Sep 23, 2026
`

सरकार जनभावना अनुरूप चल्न सकेन :  महर

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक,

जनकपुरधाम।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन् । नेपाली काँग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको अभियानको क्रममा शनिबार धनुषा पुगेका नेता महरले जनकपुर विमानस्थलमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन् । सरकारलाई जनताको पक्षमा काम गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउदै उनले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले औंल्याए । उनले भने ’विमान स्थलबाट कुन्टलका कुन्टल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक हो । यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ । जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छ’ ।  

  ’अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ । लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ । यसले किसानहरू ठूलो मारमा परेका छन् । सरकारले शुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन । सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो । त्यो हुन सकेन,’ महरले भने । किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

18 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

18 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले