
सरकार जनभावना अनुरूप चल्न सकेन : महर
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपेश मल्लिक,
जनकपुरधाम।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको बताएका छन् । नेपाली काँग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको अभियानको क्रममा शनिबार धनुषा पुगेका नेता महरले जनकपुर विमानस्थलमा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन् । सरकारलाई जनताको पक्षमा काम गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउदै उनले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नु पर्ने आवश्यकता देखिएको महरले औंल्याए । उनले भने ’विमान स्थलबाट कुन्टलका कुन्टल सुन भित्रिएका जनताले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक हो । यो अवस्थाको अन्त्यका लागि सरकारले कडा कदम चाल्नुपर्छ । जनताको मुख होइन, तस्करले सुन भित्र्याउने दुलो टाल्नुपर्छ’ ।
’अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ । लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ । यसले किसानहरू ठूलो मारमा परेका छन् । सरकारले शुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन । सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो । त्यो हुन सकेन,’ महरले भने । किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए ।

वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..
जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..
1 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
16 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
16 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले