
सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल भएको हो । छलफल संसदको अवरोध खुलाउने विषयमा केन्द्रित भएको बताइएको छ ।भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएगरेका प्रयासबारे जानकारी लिएका छन् । सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।साभार : नेपाल प्रेस

रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु
रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ। ..
7 घन्टा पहिले
सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान
काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..
7 घन्टा पहिले
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
3 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले