Janakpurdham
Wed, Sep 23, 2026
`

सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग राष्ट्रपतिले गरे छलफल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरे साथै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेट भएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल भएको हो । छलफल संसदको अवरोध खुलाउने विषयमा केन्द्रित भएको बताइएको छ ।भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएगरेका प्रयासबारे जानकारी लिएका छन् । सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।राष्ट्रपति पौडेलले सदनको अवरोधमा चासो राख्दै हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । 

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर संवादमा रहे पनि कुरा मिल्न सकेको छैन ।साभार :  नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

16 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

16 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले