पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर नियुक्त
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् ।शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन् । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएकाे हाे ।प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो । सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो ।ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
16 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
16 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले