Janakpurdham
Mon, Aug 18, 2025
`

चुरे दोहनका कारण मधेस मरुभूमि बन्दै छ : कृषि मन्त्री भुसाल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी । कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसालले चुरे दोहनले मधेसको उर्वर भूमि बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन् ।ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी आएका मन्त्री भुसालले मधेसमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराईका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।'मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरू मरुभूमि बन्दै छन्,' उनले भने, 'अब चुरे बचाउनुको विकल्प नै छैन ।'  उनका अनुसार चुरे रहेसम्म मधेस रहने बताउँदै स्थानीय र सरोकारवालाहरू नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको बताए ।पछिल्लो केही वर्ष यता मधेसमा चुरे दोहन कै कारण सिंचाइका नहरहरू सुकेका छन् भने खानेपानीको समस्या त बढ्दै गएको छ । मधेसका जिल्लाहरूमा खानेपानी र सिँचाइको  हाहाकार नै बने पछि मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका थिए ।साभार : रातोपाटी

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

14 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

14 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले