चुरे दोहनका कारण मधेस मरुभूमि बन्दै छ : कृषि मन्त्री भुसाल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी । कृषि तथा पशुपक्षी विकास मन्त्री वेदुराम भुसालले चुरे दोहनले मधेसको उर्वर भूमि बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन् ।ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी आएका मन्त्री भुसालले मधेसमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराईका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।'मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरू मरुभूमि बन्दै छन्,' उनले भने, 'अब चुरे बचाउनुको विकल्प नै छैन ।' उनका अनुसार चुरे रहेसम्म मधेस रहने बताउँदै स्थानीय र सरोकारवालाहरू नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको बताए ।पछिल्लो केही वर्ष यता मधेसमा चुरे दोहन कै कारण सिंचाइका नहरहरू सुकेका छन् भने खानेपानीको समस्या त बढ्दै गएको छ । मधेसका जिल्लाहरूमा खानेपानी र सिँचाइको हाहाकार नै बने पछि मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका थिए ।साभार : रातोपाटी
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
16 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
16 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले