Janakpurdham
Wed, Sep 23, 2026
`

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन- लागत र समय घट्यो, सुरुङ थपियो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन भएको छ । लागत समय र लागत मूल्य घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन गरेको हो ।‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डीपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने ‘सुरुङ मार्ग थपिदा सडकको लम्बाइ घट्यो र मूल्य दुवै घट्यो ।’काठमाडौं–मधेश लाइफ लाइनका रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।२०७४ साल वैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५।५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए ।‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरूसँग मन्त्री ज्वालाको भनाई थियो ।डीपीआर संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ ।२ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।साभार :  नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

16 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

16 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले