
काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन- लागत र समय घट्यो, सुरुङ थपियो
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन भएको छ । लागत समय र लागत मूल्य घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन गरेको हो ।‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डीपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने ‘सुरुङ मार्ग थपिदा सडकको लम्बाइ घट्यो र मूल्य दुवै घट्यो ।’काठमाडौं–मधेश लाइफ लाइनका रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।२०७४ साल वैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५।५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए ।‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरूसँग मन्त्री ज्वालाको भनाई थियो ।डीपीआर संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ ।२ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।साभार : नेपाल प्रेस

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
3 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले