Janakpurdham
Thu, Aug 28, 2025
`

सरकार ढल्नबाट जोगाउन कोशी प्रदेशमा गठबन्धनले ज्येष्ठ सदस्यलाई मन्त्री बनायो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं। कोशी प्रदेश सभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सत्तारुढ गठबन्धनले राज्यमन्त्री नियुक्त गरेको छ।सरकारले विश्वासको मत नलिँदै उपसभामुखले राजीनामा दिएमा मण्डलले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट जोगिन गठबन्धनले उनलाई मन्त्री बनाएको हो । मन्त्रीले प्रदेशसभा बैठकको अध्यक्षता गर्न मिल्दैन।मुख्यमन्त्री उद्धव थापाले आज मण्डललाई कृषि राज्यमन्त्री नियुक्त गरेका हुन्। कोशीमा सत्तारुढ गठबन्धनले आफ्ना सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर आफ्नो पक्षमा बहुमत जुटाएको थियो।बहुमत जुटाएर सरकार गठन भएको भए पनि यो सरकारले विश्वासको मत लिन बाँकी छ। प्रदेशसभाका सभामुखले राजीनामा दिइसकेको हुँदा सरकारले विश्वासको मत लिने बेला उपसभामुखले पनि राजीनामा दिए ज्येष्ठ सदस्यको रुपमा मण्डलले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्थ्यो।यदि मण्डलले बैठकको अध्यक्षता गरेको भए त्यो बैठकमा उनी सभामुखको हैसियतमा हुन्थे र सरकारलाई विश्वासको मत दिन पाउँदैनथे। उनले मत दिन नपाउँदा सत्तारुढ गठबन्धनको बहुमत पुग्दैनथ्यो र विश्वासको मत नपाएका कारण सरकार ढल्थ्यो।

तर, अब मन्त्री भएपछि मण्डलले बैठकको अध्यक्षता गर्नु पर्दैन र उनले विश्वासको मत दिन पाउँछन्। नवनियुक्त राज्यमन्त्री मण्डलले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेका छन्।कोशी प्रदेशसभाको बैठक भदौ १ गतेदेखि बोलाइएको छ। साउन १६ गते सभामुखलाई राजीनामा गराएर उनको समेत समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता मण्डलले गर्नुपर्ने हुन सक्थ्यो तर अब उनी मन्त्री बनेपछि यो जिम्मेवारी एमालेका ज्येष्ठ सदस्य रोहितबहादुर कार्कीमाथि जानेछ।कार्कीभन्दा पछि पनि ज्येष्ठ सदस्यहरु एमालेकै मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो छन्। यस्तोमा बैठकको अध्यक्षता गर्नुपर्ने जिम्मेवारी सजिलै गठबन्धनका कुनै पनि सदस्यमाथि जाने अवस्था छैन। अब मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नुपर्नेछ।उपसभामुख सृजना दनुवार एमालेकी हुन्। उनले राजीनामा नदिइ विदामा बस्ने तयारी गरेकी छिन्। कोशी प्रदेशसभामा सभामुख र उपसभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता गर्नको लागि ४ सदस्यीय अध्यक्ष मण्डल छ।उपसभामुख विदामा जाँदा उनले अध्यक्ष मण्डललाई जिम्मेवारी हस्तान्तरण गरेर जान सक्छिन्। तर, उपसभामुखले राजीनामा दिएमा अध्यक्ष मण्डल पनि स्वतः खारेज हुनेछ र बैठकको अध्यक्षता गर्नुपर्ने जिम्मेवारी ज्येष्ठ सदस्यमाथि जानेछ।साभार : डिसी नेपाल

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

3 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले